खेल

भारत विरुद्ध नेपालले ५ विकेट गुमायो , आसिफ शेख आउट भए

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ।नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।  

नेपालले पाच विकेट गुमाउँदा १३२ रन बनाएको छ। ३० ओभरमा नेपालले पाँच विकेट गुमाएर १३४  रन जोडेको छ। अहिले गुलसन झा र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन । गुलसन १८ रन बनाएर खेलिरहेका छन । 

प्रकाशित: १८ भाद्र २०८० ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App