खेल

एसिया कप : पाकिस्तानविरुद्ध भारतको चौथो विकेट गयो

एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले चार विकेट लिएको छ।

वर्षाका कारण दोश्रो पटक खेल रोकिएपछि शुरु भएको खेलमा शुभमन गिल ३२ बलमा १ चौक्का संगै १० रन बनाएर आउट भए । उनलाई पाकिस्तानका हरिस रौफले १४ दशमलब १ ओभरमा आउट गरेका हुन । भातरको चार विकेट जाँदा ६६ रन बनेको छ।  

यस अघि भारतका रोहित शर्मा ,विराट कोहली र श्रेयस ऐरलाई आउट भइसकेका छन । रोहित र विराटलाई पाकिस्तानका शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका हुन। त्यसैगरी हरिस रौफले श्रेयस ऐर र शुभमन गिललाई आउट गरेका हुन।

अहिले  ईशान किशन र हार्दिक पान्ड्या क्रिजमा छन । ताजास्थीतीमा भारत १७ ओभरमा ४ विकेटको क्षतीमा ८९ रन बनाएर खेलिरहेको छ। ईशान किशन २८ रन बनाएर खेलिरहेका छन । त्यसैगरी हार्दिक पान्ड्या ८ रन बनाएर खेलिरहेका छन।

पाकिस्तानको प्लेइङ 

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान)मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको प्लेइङ ११ 

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

प्रकाशित: १६ भाद्र २०८० ११:५२ शनिबार

एसिया कप : पाकिस्तानविरुद्ध भारतको चौथो विकेट गयो