खेल

पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। 

आज काठमाडौंमा भएको दोस्रो साधारण सभामा बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा खड्कालाई निर्वाचित भएका हुन ।

पारस उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्षमा विजयी भएका हुन । कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरेका थिए । पारसको पुरै प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन।

सदस्यहरूमा अजय विर पाण्डे,अनिल अधिकारी, सन्जोग पोखरेल , सुजन महर्जन , नीरा राजोपाध्याय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ , वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन्।

प्रकाशित: १५ भाद्र २०८० १३:२२ शुक्रबार

पारस खड्का पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। बागमती प्रदेश क्रिकेट संघ