खेल

मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका हाल्यान्डले हात पारे यूईएफए पुरुष वर्ष खेलाडी

म्यानचेष्टर सिटी फरवार्ड एर्लिङ हाल्यान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् ।प्रतिस्पर्धामा रहेका लियोनल मेस्सी र केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्डले यूईएफए पुरुष वर्ष खेलाडीको उपाधी हात पारे।

मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदान गरिएको छ। गएको सिजन सिटी पुगेका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका थिए। उनले गएको सिजनमा क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए ।

यस्तै, महिलातर्फ बार्सिलोनाकी स्टार ऐटना बोनमती युईएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन्। बोनमतीको उत्कृष्ट प्रदर्शन स्पेनले अस्ट्रेलियामा सम्पन्न फिफा महिला  विश्वकपको ऐतिहासिक उपाधि  जितेको हो। यसैगरी बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते भने उत्कृष्ट महिला प्रशिक्षक इङ्ग्ल्यान्डकी सरिना विगमन बनिन्। 

प्रकाशित: १५ भाद्र २०८० ०३:२१ शुक्रबार

हालान्डले हात पारे यूईएफए पुरुष वर्ष खेलाडी