खेल

पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट,सन्दीपले लिए विकेट

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट हात लागेको छ । चौथो विकेटको रुपमा सन्दीप लामिछानेले पाकिस्तानका आगा सलमानलाई ५ रनमा कुसल भुर्तेलबाट क्याच आउट गरेका हुन । सन्दीले २७ दशमलब ४ओभरमा आगा सलमानलाई आउट गरेका हुन । ४ विकेट जाँदा पाकिस्तानले १२४ रन बनाएको छ ।  

यस अघि पाकिस्तानका मोहमद रिजवानलाई ४४ रनमा नेपालका दिपेन्द्रसिंह एैरीले रन आउट गरेका हुन । रिजवान  २३ दशमलब ४ ओभरमा आउट हुँदा पाकिस्तानले ३ विकेटको नोक्सानीमा १११ रन बनाएको थियो पाकिस्तानका कप्तान बाबर आजाम  ५५ रन बनाएर क्रिजमा छन ।  ताजास्थीतीमा पाकिस्तानले ३० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको छ ।  

प्रकाशित: १३ भाद्र २०८० ११:३७ बुधबार

पाकिस्तान विरुद्ध नेपाललाई चौथो विकेट सन्दीपले लिए विकेट