खेल

पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान

भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।

च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी सविना तामाङले दुई स्वर्ण र एक कांस्य, मुना राईले तीन रजत र एक कांस्य तथा रोनिका पराजुलीले दुई कांस्य पदक दिलाएका थिए। उनीहरूलाई संघीय सांसद  

सोबिता गौतम, सूर्यविनायक नगरपालिका–२ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यु इङ्लिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले सम्मान गरेका थिए।

प्रकाशित: १२ भाद्र २०८० ०२:१४ मंगलबार

पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान