खेल

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

यसअघि लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको थियो। अघिल्लो पेसीमा पनि पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

गत वर्ष भदौ ५ गते  बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।

प्रकाशित: १० भाद्र २०८० १०:३६ आइतबार

क्रिकेटर सन्दीप लामिछाने