खेल

ग्रिनफिल्ड ‘ए’ सेमिफाइनलमा

आयोजक ग्रिनफिल्ड ‘ए’ बुधबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङ्डम हिमालयलाई ३०–२४ ले पराजित गर्यो। ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले १८ अंक जोडे। जुनियर ब्वाइजमै ज्ञान निकेतनले पिपुल्स एकेडेमीलाई ३०–१२ तथा रेडिअन्ट पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३०–२६ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए। ज्ञान निकेतनका दिप्सनले १२ तथा रेडिअन्टका विधानले २१ स्कोर गरे। सिनियर ब्वाइजतर्फ पनि ज्ञान निकेतनले सेमिफाइनल यात्रा तय गर्यो। ज्ञान निकेतनले द एक्सेल्सियरलाई ५१–२१ ले पाखा लगायो। ज्ञान निकेतनका आयुश रावलले १६ अंक जोडे। सिनियर गल्र्समा रिब्स र संस्कृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरे। रिब्सले रेडिअन्ट पब्लिकमाथि १९–१८ को कठिन जित दर्ता गर्यो। रिब्सकी नौशिका लिम्बुले ७ अंक जोडिन्। साई निलयमविरुद्धको खेलमा संस्कृति ३०–१८ ले विजयी भयो। संस्कृतिकी रिदिस्माले १२ स्कोर गरिन्।

प्रकाशित: ७ भाद्र २०८० ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App