खेल

एसियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा राजधानीमा पचपन्नौं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ।

यही भदौ १५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा एसियाली राष्ट्रका २५ राष्ट्रले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक महासंघको अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए।

नेपाललमा पहिलो पटक एसियाली स्तरको उक्त प्रतियोगिता हुन लागेको हो। दरबारमार्गस्थित याक एन्ड यति होटलमा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्सतर्फ एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ।

सात दिनसम्म सञ्चालन उक्त प्रतियोगिताको उदघाटन खेलमा विभिन्न १६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।  

प्रकाशित: ६ भाद्र २०८० १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App