खेल

नेपाल र हङकङ भिड्दै

मलेसियामा मंगलवार (आज) बाट शुरु हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ। 

आइसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।

प्रकाशित: ५ भाद्र २०८० ०३:४४ मंगलबार

महिला टि–ट्वान्टी आई सिरिज