खेल

एसिया यु–२० रग्बी भोलिदेखि

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

पुरुषमा ७ तथा महिलामा ४ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए।

पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ। समूह ुएु मा उज्वेकिस्तान, चाइनिज ताइपेइ र थाइल्यान्ड तथा समूह ुबीु मा मलेसिया, भारत, नेपाल र हङकङ चाइना रहेका   छन्। महिलामा नेपाल, थाइल्यान्ड, मलेसिया र हङकङ चाइनाले राउन्ड रोविन लिगका आधारमा प्रतिसपर्धा गर्ने छन्। सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिने छ।

नेपाली रग्बीको इतिहासमा नेपालमा हुन लगोको यो प्रतियोगिता अहिलेम्मकै ठूलो हो। गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरिसकेको छ।

प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अल दलाईलगायतका प्रतिनिधि नेपाल आईसकेको रग्बी संघले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: १ भाद्र २०८० १५:१८ शुक्रबार

एसिया यु–२० रग्बी भोलिदेखि एसिया रग्बी नेपाल रग्बी संघ