खेल

मुवाँथाईमा कक्षपति निर्विरोध

नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आज निर्विरोध चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा उमेशकुमार खड्का, प्रथम उपाध्यक्षमा निलम अधिकारी, महासचिवमा मनराज श्रेष्ठ, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा वीरेन्द्र ओली रहेका छन्।

सन्तोष घलान, धनकृष्ण श्रेष्ठ, मनीष लिवी, साजन माली, तुलसी थापा मगर, विकास खड्का, जितु शाही, रमा राई, कविकृष्ण मधुकर्मी र देवराज श्रेष्ठ सदस्यमा चयन भए।

आजै बसेको संघको बैठकले दीपक गोदार, राजेश महर्जन, अतित भण्डारी, भुपेश शाक्य र राजु राईलाई उपाध्यक्ष तथा विजी ठकुरी, खगेन्द्र क्षेत्री र दीपक तामाङलाई सचिवमा मनोनित गरेको छ। विजय गुरुङ, विगेन दराईं, अनिल श्रेष्ठ र दिलबहादुर ठोकर सदस्यमा मनोनित भए। साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।

प्रकाशित: १ भाद्र २०८० १५:१२ शुक्रबार

नेपाल राष्ट्रिय मुवाँथाई संघ गणेशलाल कक्षपति मुवाँथाईमा कक्षपति निर्विरोध