खेल

तेक्वान्दो विश्व च्याम्पियनसिपमा चार खेलाडी

नेपालका चार खेलाडीले कजाकस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

आगामी अगस्ट १८ देखि २७ तारिखसम्म कजाकस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ। जहाँ नेपालबाट समान दुई पुरुष र महिला खेलाडीले फाइटतर्पm प्रतिस्पर्धा गर्न लागेका हन्ु। महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा चुनौती प्रस्तुत गर्दै छन्। रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन्।  

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूपसिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन्। नेपाल आइटिएफ महासंघका निर्वतमान अध्यक्ष एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अञ्जन धमला नेपाली टोलीका प्रमुख हुन्। एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन्।  

कजाकस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गरेका थिए। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय नेपाली खेलकुदको क्षेत्रमा विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रकाशित: ३२ श्रावण २०८० ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App