खेल

ब्याडमिन्टन प्रतियोगिता हुने

निजामती सेवा दिवस २०८० को अवसरमा सडक विभाग तथा विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूबीच पुरुष डबल तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। यही साउन २२ गते बसेको विभागका प्राविधिक कर्मचारीहरूको भेलाले निजामती दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता गर्ने निर्णय गरेको हो।

सोही भेलाले मुकुन्द अधिकारीको संयोजकत्वमा ३ सदस्यीय आयोजक समिति बनाउने पनि निर्णय गरेको छ। प्रतियोगितामा सहभागी हुन चाहने कर्मचारीले यही भदौ ७ गते साँझ ५ वजेसम्म नाम तथा आफ्नो विवरण पेस गर्नुपर्नेछ। नाम दर्ता गर्दा ५ हजार रूपैयाँ शुल्क लाग्नेछ। प्रतियोगिता हुने मिति, स्थान तथा अन्य तालिका केही दिनमै सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ। 

प्रकाशित: २६ श्रावण २०८० ०३:३५ शुक्रबार

ब्याडमिन्टन प्रतियोगिता हुने