खेल

कराते टोली भारत प्रस्थान

अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराते टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।  

करातेको राष्ट्रिय ‘बी’ टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। अगस्ट ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा सुविन खत्री, तेन्जिङ शेर्पा, आशिष थापा, प्रवीण मानन्धर, पुष्पका लामा, मनीषा चौधरी, आशिका राई, सानुमाया थिङ, प्रभात रोका मगर र छोङला शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। टोली प्रमुखमा ओमकृष्ण प्रसाईं, व्यवस्थापकमा मजेन्द्र सिंह, अफिसियलमा सानोभाइ लामा, प्रशिक्षकमा शिवराम कारन्जित र निर्णायकमा सृजन अधिकारी छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्यसचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २६ श्रावण २०८० ०३:१४ शुक्रबार

कराते टोली भारत प्रस्थान