खेल

एएफसी कप छनोटको प्लेअफ : पारोविरुद्ध मछिन्द्रको ३ -१ को अग्रता

एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।

काठमाडौको दशरथ रंगशालामा आज साँझ ५ ३० बजे देखि भएको खेलमा मछिन्द्रले मध्यान्तर अघि सम्म ३ -१ गोलको अग्रता कायम गरेको हो।मछिन्द्रका लागि विमल घर्ती मगर र आयुष घलान र अफिज आलाओले  एक एक गोल गरेका हुन।

खेलको छैटौं मिनेटमा पारोले अग्रता लिएको थियो । पछि घरेलुटोली मछिन्द्रले  १२ औ ,१५ औ  र ३८ औ मिनेटमा गोल गर्दै ३ -१ को अग्रता लिन सफल भएको हो। 

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजकार् एएफसी क्लब लाइसेन्स नभएका कारण लिगको उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धाको मौका पाएको हो। गत वर्ष लिग विजेताका रुपमा मछिन्द्रले एएफसी कपको प्ले अफमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दा हार बेहोरेको थियो।

मच्छिन्द्र र पारोबीचको विजेताले साउन ३१ गते भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।

प्रकाशित: २३ श्रावण २०८० १२:४६ मंगलबार

पारोविरुद्ध मछिन्द्रको ३ -१ को अग्रता मछिन्द्र क्लब टानी क्लव पारो एएफसी कप छनोटको प्लेअफ काठमाडौको दशरथ रंगशाला