खेल

आज साँझ मच्छिन्द्र क्लब र भुटानी क्लब पारोबिच खेल हुँदै

एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा सहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लब र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबिच आज प्रतिस्पर्धा हुँदैछ । यी दुई बिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजकार् एएफसी क्लब लाइसेन्स नभएका कारण लिगको उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धाको मौका पाएको हो। गत वर्ष लिग विजेताका रुपमा मछिन्द्रले एएफसी कपको प्ले अफमा श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दा हार बेहोरेको थियो।

मच्छिन्द्र र पारोबीचको विजेताले साउन ३१ गते भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।

प्रकाशित: २३ श्रावण २०८० ११:१६ मंगलबार

एएफसी कपको प्रारम्भिक छनोट मच्छिन्द्र फुटबल क्लब पारो फुटबल क्लब