खेल

धीर र राजकुमार दोस्रो चरणमा

धीर पुन र राजकुमार श्रेष्ठ पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित नेपाल स्क्वास संघको हलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष एकलमा धीरले अजित सिंहालाई र राजकुमारले राज महर्जनलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन्। धीरले अजितलाई ११–५, ११–५ र ११–६ ले हराए।

राजकुमारले भने राजमाथि ४–११, ९–११, ११–९, ११–४ र ११–७ को जित निकाले। अन्य खेलमा राजेन्द्र शाक्य र रिसुभ चुरिवाल पनि दोस्रो चरणमा प्रवेश गरेका छन्। पुरुष एकलमै राजेन्द्रले अश्विन तोडीबाट वाकओभर पाए। रिसुभले भने शैलेश अमात्यलाई ११–०, ११–२ र ११–७ ले हराए।

त्यस्तै प्रयाग जोशी, निशान्त अग्रवाल र रत्नकाजी शाक्य पनि पहिलो दिन सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। निशान्तले अजय सिंहाविरुद्ध ११–५, ११–७, ११–८ को स्कोरमा जित निकाल्दा रत्नकाजीले जुनिल शाक्यलाई ११–४, ११–२, ११–३ को सीधा सेटमा हराए।

सातदोबाटोस्थित नेपाल स्क्वास संघको हलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष एकलमा धीरले अजित सिंहालाई र राजकुमारले राज महर्जनलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन्। धीरले अजितलाई ११–५, ११–५ र ११–६ ले हराए।

प्रयागले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुप¥यो। प्रयागले ऋद्धि शाक्यमाथि ९–११, ११–३, ९–११, ११–५ र ११–८ को संघर्षपूर्ण जित निकाले। पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंहर प्रेम सिंहले पनि पहिलो चरण पार गरेका छन्। सुरेशले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई ५–११, १०–१२, १३–११, ११–४, ११–३ को सेटमा हराए।

अजयले महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ हराउँदा इन्द्रबहादुरले रत्न महर्जनमाथि ११–२, ११–४ र ११–६ को सेटमा जित निकाले। प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०–१२ र ११–२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन्।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंहर प्रेम सिंहले पनि पहिलो चरण पार गरेका छन्। सुरेशले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई ५–११, १०–१२, १३–११, ११–४, ११–३ को सेटमा हराए।

महिला खुला र ब्वाइज यु–१९ का खेलहरू सोमबार मात्र सुरु हुनेछन्। प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ। यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो।  

प्रकाशित: २२ श्रावण २०८० ०५:५१ सोमबार

धीर र राजकुमार दोस्रो चरणमा प्रतिस्पर्धात्मक पाँच सेट