खेल

ग्लोबल टि२० क्रिकेट : सन्दीपको टोलीलाई दीपेन्द्रकाे टोलीले हराउँदै उपाधि जित्यो

क्यानडामा जारी ग्लोबल टि२० क्रिकेटमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराउँदै उपाधि जितेको छ।

गएराती भएको फाइनल खलमा मोन्टरिएल टाइगर्सले सर्रे जागुअर्सलाई ५ विकेटबाट हराउँदै उपाधि जितेको हो।

यस अघि सर्रे जागुअर्सले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो । जवाफमा जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

टाइगर्सलाई अन्तिम ६ बलमा जितको लागि १३ रन चाहिँएको थियो। टाइगर्सका आन्द्रे रसेलले अन्तिम ओभरको दोश्रो तथा अन्तिम बलमा दुई छक्का हान्दै खेल जिताएका हुन।  

टाइगर्सका लागि आन्द्रे रसेलले ६ बलमा आउट नभई २० रन बनाए । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट हुँदै आन्द्रे रसेललाई मौका दिएका थिए।

त्यसैगरी शेर्फान रदरफोर्ड २९ बलमा  ३८ रन बनाउँदै अविजित रहे । यो खेलमा रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र सिरिज दुबै हुन सफल भए  चुनिए । क्रिस लिनले ३५ बलमा  १४ रन बनाएर आउट भए । 

त्यसैगरी सन्दीप लामिछानेले मोन्टरिएल टाइगर्स विरुद्ध ३ ओभर बलिङ गर्दै २० रन खर्चिदा कुनै विकेट लिन सकेनन् । सर्रे जागुअर्सका लागि कप्तान इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।

त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका  जतिन्दर सिंह ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहे ।आयन खानले २६ रन बनाए।

मोन्टरिएल टाइगर्सका आयन अप्जल खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । त्यसैगरी कार्लोस ब्रेथवेट,अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।

प्रकाशित: २२ श्रावण २०८० ०२:०० सोमबार

दीपेन्द्रसिंह ऐरी ग्लोबल टि२० क्रिकेट : सन्दीपको टोलीलाई दीपेन्द्रकाे टोलीले हराउँदै उपाधि जित्यो सन्दीप लामिछाने सर्रे जागुअर्स मोन्टरिएल टाइगर्स ग्लोबल टि२० क्रिकेट