खेल

चेस खेलाडी कजाखस्तानतर्फ

यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कजाखस्तान प्रस्थान गरेका छन्।

आगामी अगस्ट ३ देखि ८ सम्म कजाखस्तानको अकाटुमा हुने च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। यु–१२ उमेरसमूहका सम्पन्न वज्राचार्य, विश्वस्त मरासिनी, परिधि खत्री र त्रिलोक बुर्लाकोटीले उक्त प्रतिस्पर्धा गर्दै छन्। त्यसका लागि उनीहरू त्यसतर्पm प्रस्थान गरेका छन्।

यी चारै जना खेलाडी त्रियोग उच्च माविका हुन्। विश्व स्कुल टिम च्याम्पियनसिपमा पहिलो पटक सहभागी जनाउन लागेको नेपाली टिमको कप्तानमा दीपा भट्टराई छिन्। भट्टराई त्रियोग स्कुलकी शिक्षिका हुन्। टिम व्यवस्थापकमा अभिभावक सगुना शाक्य छन्। अन्नपूर्ण उच्च माविको आयोजनामा गत असारमा सम्पन्न नेसनल स्कुल चेस च्याम्पियनसिपमा त्रियोग टिम च्याम्पियन भएको थियो। 

प्रकाशित: १४ श्रावण २०८० ०२:११ आइतबार

विश्व स्कुल टिम चेस च्याम्पियनसिप यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू