खेल

न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित

विश्वविजेता नर्वेविरुद्ध गोल गरेपछि न्युजिल्यान्डकी हानाह विल्किनसन (माथि) र महिला विश्वकप फुटबल उद्घाटनका दृश्य। तस्बिर: एपी

न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १-० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।

महिला विश्वकप फुटबलको उद्घाटनका दिन दुवै आयोजक राष्ट्रले जित निकाल्दा ठूलो मात्रामा समर्थक साक्षी रहे। न्युजिल्यान्डको अकल्यान्डस्थित इडनपार्कमा उपस्थित ४२ हजार समर्थक पुरुष र महिला दुवै प्रतिस्पर्धामा सहभागी अहिलेसम्मकै ठूलो संख्या हो। यता, सिड्नीको स्टेडियममा पनि ७५ हजार दर्शकको आगमनले घरेलु टोली निकै उत्साहित रहे। बिहीबारदेखि सुरु भएको विश्वकपमा ३२ राष्ट्रले आगामी एक महिनासम्म चुनौती प्रस्तुत गर्दै छन्। चार वर्षअगाडि फ्रान्समा २४ राष्ट्रले प्रतिस्पर्धा गरेको महिला विश्वकप फुटबलमा आकर्षण बढेसँगै यस पटक सहभागिता बढाइएको हो।

हानाह विल्किनसनको गोल नै न्युजिल्यान्डको जितमा निर्णायक बन्यो। दोस्रो हाफ सुरु भएको तीन मिनेटमा नै उनले गोल गरिन्। त्यो गोल नै पूर्वविश्वविजेता नर्वेमाथि जितका लागि पर्याप्त रह्यो। विश्वकपमा न्युजिल्यान्डको १६ खेलमा यो नै पहिलो जित हो।

आयोजक न्युजिल्यान्डले सुखद नतिजा निकाले पनि दिनको सुरुआत भने दुखद रह्यो। देशकै ठूलो सहर अकल्यान्डमा खेल सुरु हुनुअगाडि भएको गोली हानाहानमा दुई मानिस र बन्धुकधारीको निधन भएको थियो। उक्त घटना नर्वेको टोली रहेको स्थाननजिक भएको थियो।

 खेल सुरु हुनुभन्दा अगाडि पीडितको सम्झनामा मौनधारण पनि गरिएको थियो। हानाह विल्किनसनको गोल नै न्युजिल्यान्डको जितमा निर्णायक बन्यो। दोस्रो हाफ सुरु भएको तीन मिनेटमा नै उनले गोल गरिन्। त्यो गोल नै पूर्वविश्वविजेता नर्वेमाथि जितका लागि पर्याप्त रह्यो।

विश्वकप महिला फुटबलमा न्युजिल्यान्डको १६ खेलमा यो पहिलो जित हो। ‘हामीले यो दिनका लागि लामो समयदेखि प्रतीक्षा गरेका छौं। यो सफलतामा हाम्रा समर्थकहरूमा कहिल्यै भुल्न नसक्ने क्षण हो,’ न्युजिल्यान्डकी प्रशिक्षक जित्का क्लिमकोभाले भनिन्। खेलको ९०औं मिनेटमा रिया पेर्सिभलले पेनाल्टी अवसर सदुपयोग गरेको भए न्युजिल्यान्ड २-० को नतिजामा जित निकाल्थ्यो। यो जितसँगै समूह ‘ए’ को न्युजिल्यान्डको पहिलो पटक नकआउट चरणको सम्भावना देखिएको छ।

यो समूहमा स्विट्जरल्यान्डसहित कमजोर मानिएको फिलिपिन्स पनि छ। यता, अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि उद्घाटन खेलनजिक पुगेपछि दुखद समाचारका बीच जित निकाल्यो।

कप्तान साम केर खेलको अघिल्ला दिनमा नै घाइते भएको समाचार बाहिरिएपछि अस्ट्रेलियाका लागि ठूलो झड्का लाग्यो। उनले पिडुँलामा चोटका कारण दुई खेल गुमाउनेछिन्। आफ्ना कप्तानबिना पनि अस्ट्रेलियाले आयरल्यान्डमाथि जित निकाल्यो। चेल्सीकी स्ट्राइकरसमेत रहेकी केर अस्ट्रेलियाका लागि सर्वाधिक गोलकर्ता पनि हुन्।

यो समूहमा स्विट्जरल्यान्डसहित कमजोर मानिएको फिलिपिन्स पनि छ। यता, अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि उद्घाटन खेलनजिक पुगेपछि दुखद समाचारका बीच जित निकाल्यो।

तर, उनीबिना नै आयोजक अस्ट्रेलियाले डेब्युटेन्ट टोली आयरल्यान्डविरुद्ध सफलता पायो। केरले आगामी हप्ता नाइजेरियाविरुद्धको खेल गुमाउनेछिन्। खेलको ५२औं मिनेटमा कार्यवाहक कप्तान स्टेप क्याट्लेको गोल नै अस्ट्रेलियाको जितका लागि पर्याप्त बन्यो। समूह ‘बी’ को पहिलो खेलमा जितसँगै अस्ट्रेलियाको पहिलोपटक क्वार्टरफाइनल सम्भावना देखिएको छ। अस्ट्रेलिया र इङ्ल्यान्डलाई यस विश्वकपको बलियो टोलीका रूपमा हेरिएको छ। यद्यपि, मेगन रेपिनोईको टोली अमेरिकालाई लगातार तेस्रो पटक र समग्रमा पाँचौं पटक उपाधि दाबेदार मानिएको छ। 

प्रकाशित: ५ श्रावण २०८० ०२:३१ शुक्रबार

न्युजिल्यान्डको महिला विश्वकपकै पहिलो जित विश्वविजेता नर्वेविरुद्ध गोल