खेल

यु-१९ क्रिकेट खेलाडी छनोट

काठमाडौं- आइसिसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ। आइसिसीको एसिया विकास प्रमुख बैकटपति राजु, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ टोलीका प्रशिक्षक विनोदकुमार दासले खेलाडी छनोट गरेका हुन्।

बन्द प्रशिक्षण काठमाडौंमा सोमबारदेखि सुरु हुनेछ। गत वर्ष गरिएको प्रतिभाशाली खेलाडी छनोट कार्यक्रम र सुपर लिग खेल र विभिन्न राष्ट्रिय खेलको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने, मोहम्मद आरिफ शेख, अदिल खान, अनिलकुमार साह, भीम सार्की, प्रकाश केसी, दीपेन्द्रसिंह ऐरी,  कमलसिंह ऐरी, पवन सर्राफ, सन्दीप सुनार, नन्दन यादव परेका छन्। 

यसै गरी रोहितकुमार पौडेल, रवीन्द्रजंग शाही, अविनाश कर्ण, विक्रमकुमार भुसाल,  साहब आलम, सुशान्तसिंह थापा, किशोरी महतो, प्रनित थापामगर, सुमित महर्जन, सन्दीप जोरा बन्द प्रशिक्षणका लागि छानिएका छन्।

 जितेन्द्रसिंह ठकुरी, विपिन रावल, अश्चल थारु चौधरी, विजय राना, प्रदीप टन्डन, रसिद खान, रिजन ढकाल, सागर भण्डारी, धीरज शाही, मोहम्मद हुसैन, दिव्यांशु मल्लिक, विजय चौधरी, ललितनारायण राजवंशी, समसद शेख, आयुब चन्द, फिरतोस अन्सारी, अनिल खरेल, देव खनाल र लोकेश चन्दलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाइएको छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०३:५९ सोमबार

यु-१९ क्रिकेट खेलाडी छनोट