खेल

इमर्जिङ एसिया कमः नेपालको ७ ओभरमा ३० रन, २ विकेट

भारत विरुद्धको खेलमा नेपालले २ विकेट गुमाएर ३० रन बनाएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कपमा नेपालले ७ ओभर खेलेर ३० रन बनाएको हो।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए। यस अघि आसिफ आउट भएका थिए।

भारतीय बलर हर्सित रानाको बलमा भुर्तेल एलबीडब्लू आउट भएका हुन्। अहिले देव खनाल र रोहित शर्माले ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

प्रकाशित: १ श्रावण २०८० ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App