खेल

सावित्राको गोलमा नेपाल र बङ्गलादेशबिचको खेल बराबरीमा

नेपाल र बङ्गलादेशबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण बराबरीमा सकिएको छ।

बंगादेशको ढाकामा आज सम्पन्न खेलमा यी दुईबिचको खेल एक एक गोलको बराबरीमा सकिएको हो। एक गोलले पछि परेको अवस्थामा इन्जुरी समयमा नेपालकी सावित्रा भण्डारीले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।

एसियाडको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार खेल्नेछ। 

प्रकाशित: २८ असार २०८० १४:२२ बिहीबार

सावित्राको गोलमा नेपाल र बङ्गलादेशबिचको खेल बराबरीमा