खेल

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं- विमल बस्नेत र हेमन्त थापा मगर पहिलो पटक समावेश गर्दै भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

नेपालले मंगलबार मुम्बईमा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसका लागि सोमबार टोली भारत जाने अखिल नेपाल फुटबल संघ(एन्फा)ले बताएको छ।

टोलीमा नियमित कप्तान अनिल गुरुङ र शल्यक्रियापछि आराममा रहेका रक्षक रबिन श्रेष्ठ टोलीमा परेका छैनन्।

एएफसी एसिया कप २०१९ को छनोटका लागि तयारी गरिरहेका दुई टोलीबीचको मैत्री खेलका लागि नेपालका जापानी प्रशिक्षक ग्याटुको कोजीले फिलिपिन्सविरुद्धको छनोट खेललाई लक्षित गरेर टोलीमा परिवर्तन गरिएको बताएका छन।

नेपाली टोलीः विकेश कुथु, किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, विमल बस्नेत, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, विमल घर्तीमगर, भरत खवास, हेमन्त थापा मगर, नवयुग श्रेष्ठ।

प्रकाशित: २० जेष्ठ २०७४ ०२:२५ शनिबार

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा