खेल

इमर्जिङ कपका लागि आरिफ नखेल्ने, आरिफको सट्टामा पवन सर्राफलाई टोलीमा बोलाइयो

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीका नियमीत सदस्य आरिफ शेख नखेल्ने भएका छन।आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिए उनको सट्टामा  पवन सर्राफलाई राष्ट्रिय टोलीमा  समावेश गरिएको छ।पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका हुन्।गतवर्ष भदौंमा केन्या भ्रमणमा कमजोर प्रदर्शनपछि पवन टोलीबाट बाहिरिएका थिए।पवन तल्लोक्रमका ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् ।

यसअघि  नेपाल क्रिकेट सघ क्यानले अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी(२० क्यानडा लिग खेल्न जाने भएकोले टिममा राखिएको छैन।इमर्जिङ टिम्स कपको लागि क्यानले आजै  नेपाली टोलीलाई बिदाइ गर्दैछ।

आउने बिहीबारदेखि हुने इमर्जिङ कपमा नेपाल समूह बी मा छ । यस समूहमा भारत र पाकिस्तानको ए टिमसँगै यूएई पनि छ।नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल

प्रकाशित: २५ असार २०८० ०४:०६ सोमबार

इमर्जिङ कपका लागि आरिफ नखेल्ने आरिफको सट्टामा पवन सर्राफलाई टोलीमा बोलाइयो