खेल

पुलिसका दुवै टोली विजयी

पुलिसका रविन चन्दको स्पाइक ब्लक गर्दै गण्डकीका हिमाल सुनारी र रवि केसी। तस्बिर: नागरिक

नेपाल पुलिस क्लबले शनिबारदेखि सुरु भएको सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ संघर्षपूर्ण जित निकाल्दा महिलामा भने सहजै सफलता प्राप्त गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा शनिबार पुलिसले गण्डकी प्रदेश भलिबल संघसँग ३–२ को संघर्षपूर्ण जित निकालेको हो। जितका बाबजुद पुलिस अंक बाँड्न बाध्य भयो।

पुलिसले विदेशी खेलाडी सम्मिलित गण्डकीविरुद्ध पहिलो दुई सेट २५–२१ र २५–१६ ले आफ्नो बनायो। तर, तेस्रो सेट भने पुलिस १३–२५ ले गण्डकीलाई सुम्पिन पुग्यो। चौथो सेटमा ६ अंकको अग्रता लिँदै जितनजिक पुगेको पुलिस सम्हालिन नसक्दा गण्डकीले उक्त सेट २६–२४ ले आफ्नो बनाउँदै उत्कृष्ट पुनरागमन गर्‍यो।

नेपाल पुलिस क्लबले शनिबारदेखि सुरु भएको सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्पm संघर्षपूर्ण जित निकाल्दा महिलामा भने सहजै सफलता प्राप्त गरेको छ।

तर, अन्तिम तथा निर्णायक सेटमा भने पुलिसले १५–१० को सफलता प्राप्त गर्दै जित निकाल्यो। यो नतिजापछि समान एक खेलबाट पुलिसले दुई अंक र गण्डकीले एक अंक प्राप्त गर्‍यो। महिलातर्फ भने पुलिसले गण्डकीमाथि सहज जित हात पार्‍यो। उक्त खेलमा पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले सहजै हरायो। शनिबार नै भएको पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सैलुङ बाघढुङ्गा स्पोटर्स क्लबलाई २५–८, २५–१३, २५–१७ ले हराउँदै स्पष्ट तीन अंक जोडेको छ।

सबैभन्दा कान्छो विभागीय टोली एपिएफ क्लबले पनि सफलता हात पार्‍यो। नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले हराउँदै स्पष्ट तीन अंक बटुल्यो।

प्रतियोगितामा पुरुषतर्फ विजेता र उपविजेताले आगामी डिसेम्बरमा नेपालमा आयोजना तय भएको काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। महिला तथा पुरुषतर्फ शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

सबैभन्दा कान्छो विभागीय टोली एपिएफ क्लबले पनि सफलता हात पार्‍यो। नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले हराउँदै स्पष्ट तीन अंक बटुल्यो।

दुवैमा सर्वोत्कृष्ट खेलाडीले ३५/३५ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले भने जनही १५/१५ हजार रूपैयाँ पाउनेछन्। गत माघमा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिससहित टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, दावाँली मिलन क्लब, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ बाघढुङ्गा स्पोर्ट्स क्लब र रामेछाप गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिलामा भने पुलिस, होङवाङ्जी न्यु डायमन्ड युथ स्पोटर्स क्लब, एपिएफ, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको शनिबार नै एक कार्यक्रमबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए। श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका हुन्। सो अवसरमा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय खेलकुद क्षेत्रले राज्यको शीर उच्च पार्ने कार्य गरेकाले राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरूलाई धन्यवाद प्रदान गरे।

राखेपका उपाध्यक्ष शिव कोइरालाले भलिबल संघले एकपछि अर्को प्रतियोगिता आयोजना गरेर नेपाली खेलकुद क्षेत्रमा एक अब्बल खेल संघका रूपमा आफूलाई उभ्याएको बताए।

प्रतियोगिताको शनिबार नै एक कार्यक्रमबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले आगामी दिनमा संघले भलिबल एकेडेमी स्थापना गरी अब्बल खेलाडी उत्पादन गर्नेमा आफू विश्वस्त रहेको विश्वास व्यक्त गरे। साथै उनले १९औं एसियाली खेलकुदमा पनि नेपालको महिला र पुरुष दुवै टोलीले उत्कृट प्रदर्शन गर्दै परिणाममुखी नतिजा प्राप्त गर्न शुभकामना दिए। सो अवसरमा सदस्यसचिव घिसिङले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राज्यमा चालेको भ्रष्टचारविरुद्धको अभियानबाट आफूलाई पनि उर्जा प्राप्त भएको भन्दै खेलकुदले पनि उक्त अभियानमा साथ दिने बताए।

प्रकाशित: २४ असार २०८० ०२:०७ आइतबार

नेपाल पुलिस क्लब पुलिसका दुवै टोली विजयी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहल