खेल

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संग क्यानले आज १६ सदस्यिय नेपाली टोलीको घोषणा टिमको घोषणा गरेको हो।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन।  

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन्। त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्।  

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ।नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ। नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ। नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ।२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ। २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ। 

प्रकाशित: २२ असार २०८० १४:४६ शुक्रबार

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा