खेल

मिलन र रोहित उसुको फाइनलमा

तेस्रो अन्तरक्वान खुला राष्ट्रिय उसुको सान्सौंमा प्रतिस्पर्धा गर्दै खेलाडी। तस्बिर: नागरिक

काठमाडौं उसु क्वानका मिलन राई र शिअ उसु क्वानका रोहित गाहामगर तेसो क्वानस्तरीय खुला राष्ट्रिय उसु प्रतियोगिताको सान्सौंतर्फ फाइनलमा प्रवेश गरेका छन्।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा जारी प्रतियोगिताको सान्सौंतर्फ ४८ केजी तौल समूहमा सिअ उसु क्वानका रोहित र काठमाडौंका मिलन फाइनलमा पुगेका हुन्।

सेमिफाइनलमा रोहितले काल भैरवका सुनिल तामाङ र मिलनले रामेछापका सिवन सुनुवारलाई हराए। पुरुषकै ५६ केजी तौलसमूहमा काठमाडौं उसु क्वानका विशाल विष्ट र ड्य्रागन उसु क्वानका आशिष तामाङले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

काठमाडौं उसु क्वानका मिलन राई र शिअ उसु क्वानका रोहित गाहामगर तेसो क्वानस्तरीय खुला राष्ट्रिय उसु प्रतियोगिताको सान्सौंतर्फ फाइनलमा प्रवेश गरेका छन्।

त्यसअघि सेमिफाइनलमा विशालले वारियरका पूर्ण तामाङलाई पराजित गरेका थिए। आशिषले भने किन्डर गार्टेनका कृत्रिम श्रेष्ठमाथि जित निकाले। सान्सौंकै पुरुष ६० केजीमा निन्जा क्वानका तीर्थराज थापाले काठमाडौंका गुगान घर्तीमगरलाई हराउँदै फाइनलमा स्थान बनाएका छन्।

यसै तौल समूहमा सिअका सुवास बुढा र रामेछापका नीराजन तामाङले सेमिफाइनलमा स्थान बनाएका छन्। पुरुष ६५ केजीमा सिरुटारका डाइमन्ड राई, रामेछापका सुजन लिम्बु, धनकुटाका सागर मल्ल ठकुरी र शिअका मुकेश कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन्।

पुरुषकै ७० केजी तौलसमूहमा पशुपति उसु क्वानका राजेश रायमाझी, किन्डर गार्टेनका नवराज पराजुली, कैलालीका आलोश बुढामगर र शिअका हरिचन्द्र कार्की सेमिफाइनलमा प्रवेश गरेका छन्।

सान्सौंकै महिलातर्फ ४८ केजी तौलमा रामेछापकी सुनकुमारी माझी, जुगडाकी सरिता ल्वार, शिअकी अस्मिता गाहामगर र ड्य्रागनकी आशु शाह सेमिफाइनलमा पुगेका छन्। महिला थाउलोको पुरुष छाङ छ्वानतर्फ निन्जा उसु क्वानका विपिन थापाले सर्वाधिक ८.५५ अंक ल्याउँदै स्वर्ण पदक जिते।

बुलबुले उसु क्वानका सुरेश चौधरीले रजत र कैलालीका आयुष चौधरीले कांस्य पदक जितेका छन्। सुरेशले ८.४३ अंक र आयुषले ८.४० अंक ल्याए। त्यस्तै महिला छाङ छ्वानमा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले ८.३८ अंक ल्याउँदै स्वर्ण जितिन्।

पुरुषकै ७० केजी तौलसमूहमा पशुपति उसु क्वानका राजेश रायमाझी, किन्डर गार्टेनका नवराज पराजुली, कैलालीका आलोश बुढामगर र शिअका हरिचन्द्र कार्की सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुलबुलेकी आशा शाहीले रजत र सिअका दीपिका चौधरीले कांस्य पदक जिते। आशाले ८.२१ अंक र दीपिकाले ६.७० अंक ल्याए। जारी प्रतियोगितामा विभिन्न ३४ क्वानका एक सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। थाउलो र सान्सौंमा समान १०/१० गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।  

प्रकाशित: २२ असार २०८० ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App