खेल

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

मंगलबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगिता अन्तर्गत खुला तौल समूहमा काठमाडौंका विश्वकर्माले कास्कीका शिव भुजेललाई पराजित गर्दै च्याम्पियन बने। काठमाडौंका रवीन्द्र बुढाथोकी र स्याङ्जाका सञ्जयकुमार गुप्ता तेस्रो भए।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

महिला खुला तौल समूहको प्रतिस्पर्धामा गोरखाकी कविता नेपाली च्याम्पियन बनिन्। उनले कास्कीकी मुना थापालाई पराजित गर्दै उपाधि जितिन्। काठमाडौंकी कविता मोक्तान र कास्कीकी कला क्षेत्री तृतीय भएका थिए।

पुरुष ५५ केजी तौल समूहमा कास्कीका कृसम लामा च्याम्पियन बने। उनले कास्कीकै हेमन्त विकलाई पराजित गरे। कास्कीका सम्राट सेन ठकुरी र काठमाडौंका एलिस बमजन तेस्रो भए। पुरुष ६० केजी तौल समूहमा बागलुङका लीलाबहादुर विक च्याम्पियन बने।

उनले काठमाडौंका कवीन्द्र मोक्तानलाई पराजित गरेका थिए। काठमाडौंका सुशान्त लामिछाने र सर्लाहीका सुजन पाख्रिन तेस्रो स्थानमा रहे।

पुरुष ५५ केजी तौल समूहमा कास्कीका कृसम लामा च्याम्पियन बने। उनले कास्कीकै हेमन्त विकलाई पराजित गरे। कास्कीका सम्राट सेन ठकुरी र काठमाडौंका एलिस बमजन तेस्रो भए। पुरुष ६० केजी तौल समूहमा बागलुङका लीलाबहादुर विक च्याम्पियन बने।

महिला ५५ केजी तौलसमूहमा भने कास्कीकी सुष्मा चौधरीले कास्कीकै निशा थापालाई पराजित गर्दै च्याम्पियन बनिन्। सर्लाहीकी सजिना वाइबा र कास्कीकी सुनीता मगर तेस्रो भए।

च्याम्पियन बनेका खेलाडीले नगद १० हजार, उपविजेताले नगद ५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीले नगद २ हजार ५ सय रूपैयाँ प्राप्त गरे। विजेता खेलाडीलाई गण्डकी प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवं प्रदेश सदस्य राजीव गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए।  

प्रकाशित: २१ असार २०८० ०२:४८ बिहीबार

पोखरा महानगर खेलकुद विकास समिति करातेमा सन्तोष र कविता च्याम्पियन