खेल

नेपाललाई दोस्रो झट्का, ज्ञानेन्द्र मल्ल मात्र ७ रनमा आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

सात रन बनाएर खेलिरहेको ज्ञानेन्द्र मल्ल आउट भएका छन। उनलाई क्रेग योङले आउट गरे। यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल मात्र ८ रन जोडेर पेभेलियन फर्किए। उनको विकेट क्रेग योङले लिए । ताजा अवस्थामा नेपाल १४ ओभरमा ४५ रन बनाएर खेल्दैछ।

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो।

प्रकाशित: १९ असार २०८० ०८:०४ मंगलबार