खेल

आइसीसी विश्वकप छनोट :आयरल्याण्डविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

आयरल्याण्डविरुद्धको खेलमा प्रतिस्पर्धा गर्नु अघि अभ्यासमा व्यस्त नेपाली टोली

आइसीसी विश्वकप छनोटको अन्तर्गत नेपाल र आयरल्याण्ड सातौं स्थानका प्रतिस्पर्धा हुँदैछ।जिम्बावेको हरारेमा हुने यो प्रतियोगितामा आयरल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ। 

यी दुई विचको खेल अहिले १२ :४५ बाट सुरु हुँदैछ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो।

प्रकाशित: १९ असार २०८० ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App