खेल

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका हुन्। इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अंक जोडे।

ग्वाटेमालाका खेलाडी दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए। यस विधामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए। प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो।

सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातामा स्वर्ण जितेका थिए।

प्रकाशित: १८ असार २०८० ०२:५२ सोमबार

सुमनलाई स्वर्ण नेपाली कराते खेलाडी