खेल

लेवननलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा

भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।भारत लेवननलाई पराजित गर्दै साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको हो।  

लेवननलाई टाइब्रेकरमा ४–२ ले हराउँदै भारत यस संस्करणको फाईनलमा पुग्न सफल भएको हो । अव भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो ।

समूह चरणमा भारत र कुवेत एकै समूहमा थिए । समूह चरणको अन्तिम खेल १–१ को बराबरीमा टुंगिएपछि कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनल पुगेको थिए।

समूह चरणमा भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानलाई हराएका थिए।साफको १४ औं संस्करणमा आइपुग्दा भारत नवौं पटक उपाधि जित्ने प्रयासमा हुनेछ।दक्षिण एसिया बाहिरका कुवेत र लेबननले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिएका हुन्।

प्रकाशित: १७ असार २०८० ०३:१३ आइतबार

लेवननलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा