खेल

कालीकोटमा पहिलो पटक कबड्डी

कालीकोट जिल्लामा पहिलो पटक कबड्डी प्रतियोगिता सुरु भएको छ। असार १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कालीकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडी उपस्थित हुने कबड्डी संघ कालिकोटका सचिव दिनेश शाहीले बताए। उनका अनुसार हालसम्म पुरुषतर्फ ५ र महिलातर्फ ३ टोली सहभागी छन्।

प्रतियोगितामा २५ वर्षमुनिका महिला तथा पुरुषले भाग लिन पाउनेछन्। प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम द्वितीय हुने टोलीलाई समान ७० र ४० हजार नगदसहित कप, मेडल तथा प्रमाणपत्र दिइने कबड्डीसंघ कालिकोटका सल्लाहकार हस्त चौलागार्इंले जानकारी दिए।

प्रकाशित: १६ असार २०८० ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App