खेल

सुजन तामाङलाई स्वर्ण

१३औं राष्ट्रिय जुनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा शुक्रबार पुरुष २१–२५ केजी तौलसमूहमा लुम्बिनीका आयुस सुनारलाई पराजित गर्दै गण्डकीका सुजन तामाङले स्वर्ण जितेका छन्।

भक्तपुर आइटिएफ तेक्वान्दो संघको आयोजनामा शुक्रबार गट्ठाघरस्थित न्यु संगम पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको पुरुष २१–२५ केजी तौलसमूहमा कोसीका सिमोन मगर र बाग्मतीका रिजन शिवाकोटीले कांस्य पदक जिते।  

त्यस्तै २६–३० तौलसमूहमा बाग्मतीका रक्की तामाङलाई पराजित गर्दै कोसीका रीतेश राई प्रथम भए भने भक्तपुरका पाउल विक र कर्णालीका शिशिर विक तेस्रो भए।  महिला २१–२५ केजी तौलसमूहमा आयोजककी तृप्ति पोखरेललाई पराजित गर्दै लुम्बिनीकी सीमा तामाङले स्वर्ण पदक जित्दा मधेसकी सरोना तामाङ र कोसीकी सेन्चुवा नुगाले कांस्य पदक जिते।  

त्यसै गरी महिला २६–३० केजी तौलसमूहमा गण्डकीकी न्यान्सी विकलाई पराजित गर्दै लुम्बिनीकी सृष्टि कामु मगरले स्वर्ण पदक जित्दा कोसीकी एली तामाङ र भक्तपुरकी श्रेया रानाभटले कांस्य पदक जिते। महिला ४१–४५ केजी तौलसमूहमा बाग्मतीकी काजल महतो प्रथम हुँदा कोसीकी सबिना मगर दोस्रो तथा लुम्बिनीकी श्रेया थापा र कर्णालीकी सिम्रन विक तेस्रो भए।

यता महिला ४६–५० केजी तौलसमूहमा कोसीकी कुसुम राजवंशीले स्वर्ण जित्दा बाग्मतीकी मिसा पुलामीमगरले रजत पदक जितिन्। कर्णालीकी भूमिका सुनार र लुम्बिनीकी सीमा पासीले भने कांस्य पदक हात पारे। प्रतियोगितामा कुल २० स्वर्णका लागी प्रतिस्पर्धा भइरहेको छ।  

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य, एसिया आइटिएफ तेक्वान्दोका कार्यकारी सदस्य, दक्षिण एसिया आइटिएफ तेक्वान्दोका उपाध्यक्ष अञ्जन धमला र भक्तपुर आइटिएफ तेक्वान्दो संघका अध्यक्ष आशिष कार्कीले उद्घाटन गरेका थिए।

प्रकाशित: १६ असार २०८० ०२:०९ शनिबार

सुजन तामाङलाई स्वर्ण