खेल

अशोक अस्ट्रेलिया जाने

नेपालका अशोक खड्काले अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन।

वल्र्ड तेक्वान्दोको आयोजना र अस्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जी टु इभेन्टका तीन प्रतियोगिता डब्लुटी प्रेसिडेन्ट कप ओसियाना, अस्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नेछ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसम्म हुनेछ। अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नेछन। अशोक आइतबार अस्ट्रेलिया प्रस्थान गर्नेछन। अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री हुन।

अशोक इन्टरनेसनल पुम्से÷डान एक्जामिनर कोर्समा सहभागी हुन अस्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नेछन। विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ। सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नेछन।

खेलाडी र प्रशिक्षकको रुपमा पनि उत्तिकै सक्रिय अशोकले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनी सकेका छन। 

प्रकाशित: १५ असार २०८० १०:४६ शुक्रबार

अशोक अस्ट्रेलिया जाने