खेल

चेल्सीका मेन्डी साउदी प्रो लिगमा

चेल्सीका गोलकिपर इडुवार्डो मेन्डी साउदी प्रो लिगको क्लब अल आहिलमा अनुबन्धित भएका छन्।

जुन ३० मा स्टामफोर्ड ब्रिजमा सम्झौता अन्त्य भएसँगै सेनेगलका गोलकिपर मेन्डी औपचारिक रूपमा अल आहिलमा अनुबन्धित हुनेछन्। अल हिलालले मेन्डीका लागि २० मिलियन डलर खर्चिएको बताइएको छ। गत सिजनको सुरुआती चरणमा पहिलो रोजाइमा अवसर पाए पनि लगतारको खराब नतिजासँगै उनले स्थान गुमाएका थिए। उनको स्थानमा किपा अरिजाबागलाले पहिलो रोजाइमा स्थान बनाएका थिए।

‘विश्वकै उत्कृष्ट गोलकिपर मेन्डीलाई स्वागत छ,’ अल आहिलले आफ्नो सामाजिक सन्जालमा उल्लेख गरेको छ। सो पोस्टमा ३१ वर्पका मेन्डीले सम्झौतापत्रमा हस्ताक्षर गरेको भिडियोसमेत राखिएको छ।

चेल्सीका गोलकिपर इडुवार्डो मेन्डी साउदी प्रो लिगको क्लब अल आहिलमा अनुबन्धित भएका छन्।

‘फ्रेन्च फुटबलको तत्लो श्रेणीको लिगबाट व्यावसायिक खेलजीवन सुरु गरेका मेन्डी कयौं महिना क्लबविहीनसमेत बने,’ चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी केही सिजनअघि युरोपियन फुटबलकै उत्कृष्ट गोलकिपर थिए। जसको अनुबन्धका लागि शीर्ष क्लब इच्छुक रहन्थे। चेल्सीले २०२१ को च्याम्पियन्स लिगको उपाधि जित्दा पनि उनी टोलीका प्रमुख खेलाडी थिए। मेन्डीले स्टामफोर्ड ब्रिजमा पु¥याएको योगदानका लागि धन्यवाद।’

इङ्लिस प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका प्रमुख खेलाडी रहेका मेन्डी कतार विश्वकप २०२२ पछि भने एक पटक मात्र टोलीमा परेका छन्।

सेप्टेम्बरमा थोमस टुचेल बर्खास्तगीमा पर्दा टोलीमा पहिलो रोजाइका नियमित सदस्य रहेका मेन्डीले ग्राहम पोर्टर र कार्यवाहक प्रशिक्षक फ्रांक लाम्पार्डको प्रशिक्षणमा भने अवसर पाएनन्।

युइएफए २०२१ को वर्ष गोलकिपर र फिफा बेस्ट गोलकिपरसमेत रहेका मेन्डीलाई टोलीमा नराख्ने पोर्टर र लाम्पार्डको निर्णयलाई आश्चर्यका रूपमा हेरिएको थियो।

यसअघि चेल्सीका एन्गोलो कान्टे र कालिडा काउलिवाले पनि साउदी प्रो लिगको क्लबमा अनुबन्धित भएका थिए। कान्टे अल इत्तिहादमा अनुबन्धित हुँदा काउलिवाले अल हिलालमा अनुबन्धित भएका थिए।

इङ्लिस प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका प्रमुख खेलाडी रहेका मेन्डी कतार विश्वकप २०२२ पछि भने एक पटक मात्र टोलीमा परेका छन्।

त्यस्तै स्टामफोर्डबाट बाहिरिने संघारमा रहेका हाकिम जियाच पनि साउदी प्रो लिगकै क्लब अल नासर जाने खबर सार्वजनिक भएको थियो।

जनवरीमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई अल नासरले अनुबन्धित गरेको थियो। त्यसयता युरोपका शीर्ष खेलाडीलाई अनुबन्धित गर्न साउदी प्रो लिगका क्लब आक्रामक रूपमा लागेका छन्।  

प्रकाशित: १५ असार २०८० ०२:०९ शुक्रबार

इङ्लिस प्रिमियर लिग चेल्सीका मेन्डी साउदी प्रो लिगमा