खेल

कटुवाल ब्याडमिन्टनको अन्तिम १६ मा

विष्णु कटुवाल

नेपाल पुलिस क्लबका विष्णु कटुवालले तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको अन्तिम १६ मा स्थान बनाएका छन्।

ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा जारी प्रतियोगिताको पुरुष एकलमा बिहीबार विष्णुले एपिएफका सुजन थापालाई २४–२२, २१–१५ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्। बिहीबार विष्णुको यो दोस्रो जित पनि हो। उनले जीवन आचार्यसँग मिलेर पुरुष युगलमा पनि जित हात पारेका थिए। उनी चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि तेस्रो स्थानमा रहँदै छनोट भएका थिए। पुरुष युगलमा भने विष्णुले आफ्नै क्लबका जीवन आचार्यसँग मिलेर नखिपोटका चित्र राई र राकेश राईको जोडीलाई २१–३, २१–१० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

नेपाल पुलिस क्लबका विष्णु कटुवालले तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको अन्तिम १६ मा स्थान बनाएका छन्।

यसै विधामा एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पनि दोस्रो चरणमा प्रवेश गरेको छ। प्रिन्स र विजितको जोडीले बनेपाका सानुबाबु गोले र किरण थापाको जोडीलाई २१–८, २१–९ ले हराउँदै दोस्रो चरणमा स्थान बनायो। सुनील जोशी र अनीष श्रेष्ठको जोडीले दोलखाका रोशन श्रेष्ठ र सुजन सिटौलाको जोडीलाई २१–८, २१–११ ले हराउँदै दोस्रो चरणमा स्थान बनायो। पुरुष युगलमै आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी, एपिएफका प्रनिशसिंह ठकुरी र सुजन थापाको जोडी, एपिएफका भोजबहादुर गुरुङ र विशाल प्रधानको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिन्थेपको जोडीले दोस्रो चरणमा स्थान बनाए।

महर्जन जोडीले टिआइबिसीका अरूण बलामी र सुवास उलकको जोडीबाट वाकओभर प्राप्त गर्दा ठकुरी र थापाको जोडीले पिस फिटनेस सेन्टर रवि विष्ट र कुनाल शाहको जोडीलाई २१–१३, २१–१४ ले, गुरुङ र प्रधानको जोडीले हेमरिक क्लबका निशेषराज शाक्य र राकेश शाक्यको जोडीलाई २१–१८, २१–१६ ले तथा अधिकारी र लिन्थेपको जोडीले उदयपुरका सरोज खवास र रूपेश राईको जोडीलाई २१–११, २१–१३ ले हराए।

पुरुष युगलमा नै बालकुमारी रिमिक्सका दिप्रिसमुनि वज्राचार्य र सुमन शाक्यको जोडी, एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा नखिपोटका विवेक कन्दङ्वा र नेल्सन राईको जोडीले पनि दोस्रो चरणमा स्थान बनाए।

वज्राचार्य र शाक्यको जोडीले एसबिएका महेश खड्का र दीपक रानाको जोडीलाई २१–२३, २१–१९, २१–१८ ले, खनाल र महर्जनको जोडीले पुलिसका हीराबहादुर राई र जेनिस शेरचनको जोडीलाई २१–१८, २१–१८ ले तथा कन्दङ्वा र राईको जोडीले बनेपाका उपेन्द्र घिसिङ र सत्य लामाको जोडीलाई २१–१२, २१–११ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

पुरुष एकलमा एपिएफका देवराज रानाले आर्मीका अभय महरालाई २१–८, २१–१५ ले हराउँदा एपिएफकै भोजबहादुर गुरुङले विभागीय प्रतिद्वन्द्वी पुलिसका अविक श्रेष्ठमाथि २१–११, २१–५ को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाए।

पुरुष युगलमा नै बालकुमारी रिमिक्सका दिप्रिसमुनि वज्राचार्य र सुमन शाक्यको जोडी, एपिएफका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा नखिपोटका विवेक कन्दङ्वा र नेल्सन राईको जोडीले पनि दोस्रो चरणमा स्थान बनाए।

आर्मीका प्रफुल महर्जनले पाल्पाका दीपम वज्राचार्यलाई २१–८, २१–९, एपिएफका रोशन साउदले मदनलाल ब्याडमिन्टन क्लबका अमन तामाङलाई २१–१२, २१–९ ले र पुलिसका पूर्णबहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–१५ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरे। आर्मीका पविन लिन्थेपले एपिएफका विजित थापामगरमाथि २०–२२, २१–१७, २१–१० को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाए। यससँगै पविनले बिहीबार दोस्रो सफलता प्राप्त गरे। पुरुष युगलमा पनि उनले जित निकालेका थिए।  

प्रकाशित: १५ असार २०८० ०१:५६ शुक्रबार

कटुवाल ब्याडमिन्टनको अन्तिम १६ मा ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कल