खेल

राष्ट्रिय खुला टेबलटेनिस भोलिदेखि

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि हुने भएको छ।

टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।सेलिशा क्यान्सरबाट पीडित छिन्।

प्रतियोगितामा १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रकाशित: १३ असार २०८० १४:२० बुधबार