१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भईरहेको यी दुई विचको खेल मध्यान्तर सम्म दुवै टोलीबाट कुनै गोल हुन नसकि बराबरीमा रहेको छ।
नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन।त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
समूह ए मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ।
प्रकाशित: १२ असार २०८० ११:०९ मंगलबार