खेल

प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र पाकिस्तान भिड्दै

भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ। 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ । नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

प्रकाशित: १२ असार २०८० ०३:३८ मंगलबार

प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र पाकिस्तान भिड्दै