खेल

नेपालले एक खेल पनि जितेन

काभा नेसन्स पुरुष भलिबल

फाइल तस्वीर

उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएसँगै नेपालको काभा नेसन्स पुरुष भलिबल प्रतियोगिताको यात्रा जितविहीन हुँदै टुङ्गिएको छ।

किर्गिस्तानको बिस्केकस्थित स्पोटर्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा पनि नतिजा सुम्पिएपछि नेपाल जितविहीन हुन पुगेको हो। यससँगै नेपालले सबै ६ खेलमा हार बेहोर्दै किर्गिस्तानमा भएको प्रतियोगिताको अन्त्य गरेको छ। अघिल्ला पाँच खेलमा नतिजा सुम्पिएसँगै आइतबार सुखद नतिजाको खोजीमा रहेको नेपाल सोझो सेटमा निरीह बनेको हो।

उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएसँगै नेपालको काभा नेसन्स पुरुष भलिबल प्रतियोगिताको यात्रा जितविहीन हुँदै टुङ्गिएको छ।

प्रतिस्पर्धात्मक खेलमा नेपाल उज्वेकिस्तानसँग पहिलो सेटमा २५–२१ ले पछि परेको थियो। दोस्रो सेटमा केही सुधारिएको खेल खेले पनि जित भने निकाल्न असफल भयो। २५–२२ मा दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट २५–२३ ले गुमायो।

नेपाल यसअघि पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानको पहिलो टोलीसँग समान ३–१ को सेटमा पराजित भएको थियो।

त्यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदा नेपालले चौथो खेलमा तुर्कमिनिस्तानलाई ३–१ र पाँचाैं खेलमा आयोजक किर्गिस्तानको दोस्रो टोलीलाई ३–२ को सेटमा नतिजा सुम्पिएको थियो।

नेपालले लिगमा एक अंक मात्र जोड्न सक्यो। काभा पुरुष भलिबलमा नेपालसहित आयोजकका दुई टोली इरान, मंगोलिया, तुर्कमिनिस्तान उज्बेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ। सिंगल राउन्ड रोबिनमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्।

नेपाल यसअघि पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानको पहिलो टोलीसँग समान ३–१ को सेटमा पराजित भएको थियो।

चीनको हाङझाउमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीस्वरूप लिएको काभा नेसन्स पुरुष भलिबल प्रतियोगिताको प्रदर्शनले नेपाली टोलीमा धेरै सुधारको पाटो आवश्यक देखिएको छ।

इरान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता बलिया टोलीसँग नेपालले राम्रो अनुभव मात्र लिन सक्यो। यिनै बलिया टोलीसँग बटुलेको अनुभवलाई सुधार गर्दै तयारी गरे नेपाली टोलीको प्रदर्शन एसियन गेम्समा राम्रो बन्नेछ। त्यसका लागि नेपाल भलिबल संघले खेलाडीलाई लामो अभ्यास र राम्रो प्रशिक्षणको व्यवस्था गर्नुपर्नेछ। 

प्रकाशित: ११ असार २०८० ०२:२१ सोमबार

नेपालले एक खेल पनि जितेन काभा नेसन्स पुरुष भलिबल