आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ ।
दिपेन्द्रसिंह ऐरीले टोलीको लागि चौथो विकेट लिदै वेस्ट इन्डिज निकलस पुरनलाई आउट गरे । उनले ४४औं ओभरमा निकलस पुरनलाई ११५ रनमा आउट गरेका हुन । वेस्ट इन्डिजले चौथो विकेट गुमाउँदा २७१ रन बनाएको छ ।
प्रकाशित: ७ असार २०८० १०:२२ बिहीबार