आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल विरुद्ध वेस्ट इन्डिजले पहिलो पावर प्लेमा २ विकेटको नोक्सानीमा जम्मा ३० रन बनाएको छ।
वेस्ट इन्डिज विरुद्ध उत्कृष्ट शुरुवात गर्दै नेपालका करण केसीले दोश्रो ओभरमै काईल मिलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । दोश्रो विकेट गुमाउँदा वेस्ट इन्डिजको जम्मा २ रन मात्र थियो ।
त्यसैगरी वेस्ट इन्डिजको जम्मा ९ रन हुँदा गुल्सन झाले ४ दशमलब १ ओभरमा वेस्ट इन्डिजका जोन्सन चार्लीलाई सुन्य रनमा आसिफ शेखबाट क्याच आउट गराए ।
जिम्बावेको राजधानीमा हरारे स्पोर्टस् क्लबमा भइरहेको प्रतियोगितामा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।
प्रकाशित: ७ असार २०८० ०७:५४ बिहीबार