खेल

उसु खेलाडीलाई बधाइ

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले आज बधाइ कार्यक्रम आयोजना गर्‍यो।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे।

 एसियाडका लागि उसुको थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएका छन्। थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए। नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छानिए। थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए। महिला चेन सु÷छियाङ सुमा एपीएफकी कविता थापा छनोट भइन्।

सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राई छनोट भए। महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी छनोट भइन्।

प्रकाशित: ६ असार २०८० ०९:४८ बुधबार

उसु खेलाडीलाई बधाइ