खेल

राजनीतिकर्मीबिच ब्याडमिन्टन हुने

जननेता स्वर्गीय मदन भण्डारीको सम्झनामा भण्डारीको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मी डबल्स् ब्याडमिन्टन आयोजना हुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टी एमोलको भातृ संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस  राष्ट्रिय ब्याडमिन्टन संघको व्यवस्थापनमा राजनीतिककर्मीहरुलाई एकै छाता मुनि ल्याई खेलकुद प्रति आकर्षण बढाउने उद्देश्यले राजनीतिककर्मी युगल ब्याडमिन्टन आयोजना गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए।

राजनीतिमा एक आपसमा पक्षपात, कटाक्ष र अनुशासनहीन कार्य गर्ने राजनीतिकर्मीलाई खेलकुद सबैको साझा थलो हो, यसमा जात, धर्म, बाद जस्ता कुराको प्रभाव नहुने, निष्पक्षता र अनुशासित रहने तथा सम्मानपूर्वक हारजित स्वीकार गर्न सक्ने क्षमता रहेको ज्ञान प्रवाह गर्नु पनि यसको उद्देश्य रहेको छ –अध्यक्ष श्रेष्ठले बताए।

ललितपुरस्थित रिभाईभ लिजर पार्कमा आयोजना हुने प्रतियोगितामा मन्त्रीहरु, पूर्व मन्त्रीहरु,  प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका सांसदहरू एवं पूर्व सांसदहरू तथा संविधान सभाका सभासद्हरूको सहभागीता रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए। प्रतियोगिता आषाढ १८ देखि २० गते सम्म संचालन हुने छ। 

प्रकाशित: ६ असार २०८० ०७:४९ बुधबार

राजनीतिकर्मीबिच ब्याडमिन्टन हुने