खेल

साफ च्याम्पियनसिप फुटबलः उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै

तस्बिर साैजन्यः एन्फा

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ। आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँने च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो।  

भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ।

कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन्। गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेको नेपाल साबिक उपविजेता हो। ​

प्रकाशित: ६ असार २०८० ०२:५३ बुधबार

साफ च्याम्पियनसिप फुटबलः नेपालले कुवेतसँग खेल्दै