खेल

सेन्ट्रल एसियन भलिबल :इरानले नेपाललाई हरायो

किर्गिस्तानमा भईरहेको  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसंग पराजित भएको छ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समाआज भएको खेलमा इरानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । 

इरानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो । नेपालमाथि इरानले २५-१६,२५-२२ र २५-२२ को सेटमा हरायो।  यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो  थियो ।

काभा नेसन्स लिगमा नेपाल सहित ७ टोलीको सहभागिता रहेको छ ।अब नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तानको सामना गर्नेछ।

प्रकाशित: ५ असार २०८० १३:३६ मंगलबार

सेन्ट्रल एसियन भलिबल :इरानले नेपाललाई हरायो