खेल

अमेरिका विरुद्धको खेल जित्न नेपालले २०८ रन बनाउनु पर्ने

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत  नेपाल विरुद्ध अमेरिकाले  २०७ रन बनाएको छ ।  

जिम्बाबेमा भएको खेलमा नेपालले टस जितेर अमेरिकालाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो ।अमेरिकाले पहिला व्याटिङ गर्दै ४९ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएपछि नेपालले खेल जित्न २०८ रन बनाउनु पर्ने भएको हो।

अमेरिकाका लागि सबैभन्दा वढि सायन जहन्गीरले १ सय रन बनाए । त्यसैगरी सुसान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रन बनाए।

नेपालका लागि करण केसीले  ९ ओभरमा ३ मेडन ओभर सहित ३३ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी गुल्सन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट हात पारे । दिपेन्द्रसिंह ऐरीले  ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । त्यसैगरी ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । आज सन्दीप लामिछाने , आरिफ शेख र कुसल मल्ल तीनै जनाले कुनै विकेट लिन सकेनन । सन्दीपले १० ओभर बलिङ गर्दै ५८ खर्चेर कुनै विकेट लिन नसकेका हुन। त्यसैगरी आरिफ शेखले  ४ ओभरमा २३ रन दिएर कुनै विकेट हात पारेनन । कुसल मल्लले एक ओभर बलिङ गर्दै ४ रन  दिएर कुनै विकेट लिएनन।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो ।नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।त्यसैगरी अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ।  

प्रकाशित: ५ असार २०८० १०:५७ मंगलबार

अमेरिका विरुद्धको खेल जित्न नेपालले २०८ रन बनाउनु पर्ने